सहसचिव राम चरित्र मेहता राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिव नियुक्त

सहसचिव राम चरित्र मेहता राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिव नियुक्त
युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी दिएको छ। मंगलबार मन्त्रालयले उनलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सदस्य–सचिव रहेका टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिएपछि कामकाजका लागि मेहतालाई जिम्मेवारी दिइएको हो। मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ कि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) अनुसार अर्को...

खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य

खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो। भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालक अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलको दोस्र...

आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समय अनुसार बिहीबार बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ। जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन्। पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो। सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। तेस्रो सुप...

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने

विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । आजको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्...

मछिन्द्र र आर्मी केपी ओली कप उपाधिका लागि भिड्दै

मछिन्द्र र आर्मी केपी ओली कप उपाधिका लागि भिड्दै
काठमाडौं। केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ । मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११...

च्याम्पियन्स ट्रफी अन्तर्गत अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी अन्तर्गत अफगानिस्तान र अस्ट्रेलिया भिड्दै
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै छ । पाकिस्तानको लाहोरमा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । अफगानिस्तानका कपान हशमतुल्लाह शाहिदीले टस जिते पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा अस्ट्रेलियाले पहिला बलिङ गर्ने भएको छ । प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफा...

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक
आजदेखि काठमाडौंमा सुरू हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । दशरथ रंगशालामा उपाधि विजेतालाई दिइने ट्रफी सार्वजनिक गरिएको हो । एन्फाका उपाध्यक्षद्वय दीपक खतिवडा र दावा लामा तथा महासचिव किरण राईले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए । नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । सिंगल ...

आईपीएल २०२५ को पूरा खेल तालिका सार्वजनिक

आईपीएल २०२५ को पूरा खेल तालिका सार्वजनिक
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले इन्डियन प्रिमियर लिग अर्थात आइपीएल २०२५ को तालिका जारी गरेको छ । प्रतियोगिताको १८ औं सिजन मार्च २२ बाट सुरु हुनेछ। यस सिजनमा, मार्च २२ देखि मे २५ सम्म १० टोलीहरू बीच ७४ खेलहरू खेलाइनेछ। यस सिजनको पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच कोलकाताको इडेन गार्डेनमा खेलिनेछ। प्रतियोगिताको फाइनल खेल पनि मे २५ मा कोलकाताको इडेन गार्डेनम...

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
आगामी फागुन ५ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। फागुन १४ सम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। ‍प्रतियोगितालाई एएफसी वुमेन्स एसियन कप र फिफा वुमन्स विश्वकपको छनोटको तयारीको रुपमा लिएको एन्फाको भनाइ छ। प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहर...

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने छ। फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकार...
trusted online casino malaysia