विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ।

विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । आजको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।
खेल हेर्न २०० रुपैयाँको टिकट कट्नुपर्ने आयाेजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia