अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘राउडी राठौर २’ पनि लामो समयदेखि हेडलाइन बनेको थियो । तर, अब ‘राउडी राठौर २’ नबन्ने भएको छ । यो फिल्म बन्नु अघि नै अलपत्र परेको छ । ३ वर्षपछि यो फिल्म बनाउने निर्णय परिवर्तन भएको बताइएको छ ।
अब फिल्मको सोही स्क्रिप्टमा आधारित भएर नयाँ नामको फिल्म बन्ने भएको छ। रोनी स्क्रूवालाक...












