बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो बच्चालाई अँगालो हालिरहेको देख्न सकिन्छ। पोस्टरको एक साइडमा नकारात्मक शक्ति र अर्का साइडमा मां काली देखाइएको छ। पोस्टर सेयर गर्दै काजोलले लेखेकी छन्, ‘नरक यही हो… देवी पनि यही हो।’

विशाल फुरियाले निर्देशन गरेको फिल्ममा काजोलसँगै रोनित राय, इन्द्रनील सेनगुप्ता, जितिन गुलाटी, गोपाल सिंह, सुरज्यशिखा दास, यानिया भारद्वाज, रूपकथा चक्रवर्ती, खेरिन शर्मालगायत कलाकारको अभिनय छ। जियो स्टूडियोको ब्यानरबाट बनेको फिल्ममा अजय देवगन र ज्योति देशपाण्डेको लगानी छ। यो फिल्म २७ जूनमा रिलिज हुँदैछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia