इनरुवा — नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन्। नेतृत्वका लागि पूर्वसहमति भएअनुसार दुवैजनाले आलोपालो गरी युनियनको नेतृत्व गर्नेछन्। सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नेछिन्। नेतृत्वमा सहमति कायम भएपछि दुवैजना अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, समावेशी उपाध्यक्षमा वीरेन्द्र शाह र महिला उपाध्यक्षमा सरस्वती चौधरी चयन भएका छन्। सचिवमा संगम विष्ट निर्वाचित भएका छन् भने महिला सहसचिवमा ज्योती पोखरेल, समावेशी सहसचिवमा अजमल अन्सारी र कोषाध्यक्षमा नशिम अन्सारी चयन भएका छन्।

यस्तै, सदस्यमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारिका राई, सुविक्षा राई, सञ्जिव तिम्सिना, सरोज श्रेष्ठ र भिम चौधरी चयन भएका छन्। अधिवेशनमा नेतृत्वलगायत अधिकांश पदमा सहमतिकै आधारमा पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia