नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डका पीडितसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको ज्ञापनपत्रमा तीन दिनभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

कांग्रेसले देवानगञ्ज गोलीकाण्डको न्यायिक छानबिनका लागि आयोग गठन, घाइतेको उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, र जिल्लामा शान्ति-सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै गृहमन्त्री र पीडित परिवारबीचको सहमति तत्काल कार्यान्वयन गर्न पनि जोड दिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia