इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्च सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सचेत रहन आग्रह गरेको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबान तथा यातायात प्रभावित हुनसक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, रातिको समयमा यात्रा नगर्न र मौसम नखुलेसम्म धान नकाट्न सूचित गरिएको छ। साथै बालबालिका, ज्येष्ठ नागरिक, चौपाया तथा खाद्यान्नको सुरक्षामा विशेष ध्यान दिन र पूर्वतयारीमा रहन प्रशासनले अनुरोध गरेको छ।
आपतकालीन सम्पर्क: बाढी जानकारी: ११५५ | विपद् सहायता: ११३४ | नेपाल प्रहरी: १०० | सशस्त्र प्रहरी: १११४








