इनरुवा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार मतदानका क्रममा चिटको विषयलाई लिएर विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।

मतदानका क्रममा उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिबिच विवाद उत्पन्न भएपछि केही समयका लागि मतदान रोकिएको हो। विवाद समाधानका लागि निर्वाचनसँग सम्बन्धित पक्ष, उम्मेदवार र प्रतिनिधिहरूबिच छलफल भइरहेको जनाइएको छ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को निर्वाचन समितिले मतदान अधिकृतको हस्ताक्षरसहित सूचना जारी गर्दै निर्वाचन कार्यक्रमअनुसार बिहान ८:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म तोकिएको मतदान विशेष परिस्थितिका कारण सञ्चालन गर्न नसकिएको जनाएको छ। सूचनामा अर्को सूचना नआएसम्म आजको मतदान कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

मतदानस्थलमा विवाद भएपछि निर्वाचन प्रक्रिया प्रभावित भए पनि सहमति जुटाएर मतदान पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। विवाद समाधान भएपछि रोकिएको मतदान प्रक्रिया पुनः अघि बढाइने जनाइएको छ।

सुनसरी–२ मा क्षेत्रीय सभापति पदका लागि राजन मेहता र सुदीप अधिकारीबिच प्रतिस्पर्धा भइरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia