इनरुवा नगरपालिका वडा नं. २ स्थित हेरा नेशनल स्कुल छेउबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भन्सार छलीका लत्ताकपडासहित एउटा मोटरसाईकल बरामद गरेको छ।

बिहिबार बिहान करिब ८ बजे बबियाबाट इनरुवा तर्फ आउँदै गरेको १५ प ३११० नम्बरको मोटरसाईकलका चालकले खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाईकल छाडेर भागेका थिए। मोटरसाईकलमा ल्याइएको लत्ताकपडाको अन्दाजी मूल्य रू. १,५९,०००/- रहेको प्रहरीले जनाएको छ।

बरामद भएको लत्ताकपडासहितको मोटरसाईकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार चालकको पहिचान तथा खोजतलासको कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia