हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीमा घाट निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।

पर्व नजिकिँदै गर्दा घाटको सरसफाइ, निर्माण र सजावटका साथै व्रतालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर तयारीलाई थप गति दिइएको छ। छठी मैयाको पूजाआराधनाका लागि घाटलाई आकर्षक र व्यवस्थित बनाउन समिति तथा स्थानीयवासी सक्रिय रूपमा जुटेका छन्।

छठ पुजा समिति दुहबी सुनसरीले पर्वलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेका छन्।









