बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले सोमबार हसिनामाथि मृत्युदण्डको फैसला सुनाएको हो। न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सम्मिलित तीन ...

केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)

केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क्षेत्रमा भएको दुर्घटनामा पाइलटसमेत सबै ७ जनाको मृत्यु भएको छ। रुद्रप्रयाग जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारका अनुसार हेलिकप्टर दुर्घटना गौरीकुण्डको जंगलमाथि भएको हो। खराब मौसमका कारण आर्यन कम्पनीको हेलिकप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टर आइतबार बिहान करिब ५:...

अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !

अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका छन्। उनले जुन महिनादेखि युरोपेली संघमाथि ५० प्रतिशत भन्सार लगाउने कुरा पनि गरेका छन्। डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन् , “मैले एप्पलका टिम कुकलाई पहिले नै भनिसकेको छु कि अमेरिकामा बेचिने आईफोनहरू भारत वा अन्य कुनै देशमा होइन, अमेरि...

ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो

ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिडियो सेयरिङ एपलाई बिक्री नगरी अमेरिकामा रहनको लागि थप ७५ दिनको समय प्राप्त भएको छ। अमेरिकामा सेवाहरू कायम राख्न, यो एप बेच्नु आवश्यक छ नत्र यो अमेरिकामा प्रतिबन्धित हुनेछ। ट्रम्पले यो एप बन्द हुन नदिने बताएका छन्। यसअघि उनले टिकटकको बिक्रीमा सम्झौता भएमा चिनियाँ आयातमा लगाइएको ...

नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ

नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु पृथ्वीमा फर्किने समय अझै अनिश्चित भएको हो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने तय भएको क्रू-१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक ...

भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो

भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको दरले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार तेस्रो त्रैमासिकमा दर्ता गरिएको जीडीपी वृद्धि दोस्रो त्रैमासिकमा दर्ता गरिएको ५.६ प्रतिशतबाट बढेको हो । सम्पूर्ण आर्थिक वर्ष २०२३–२४ मा, भा...

महाकुम्भमा ६५ करोडले स्नान गरे, जस्मा ५० लाख भन्दा बढी नेपाली

महाकुम्भमा ६५ करोडले स्नान गरे, जस्मा ५० लाख भन्दा बढी नेपाली
काठमाडौैं। भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म ५५ लाख मानिसले स्नान गरका छन् । संसारको कुनै पनि स्थानमा यत...

माली सुनखानी भत्किँदा ४८ जनाको मृत्यु

माली सुनखानी भत्किँदा ४८ जनाको मृत्यु
पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ । गत ...

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्।उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन्। उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन्। ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन्। उनले सब...

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।
trusted online casino malaysia