इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र जारी गरेको छ। परिपत्रमा पाठ्यक्रम विकास केन्द्रले तोकेको विषयगत पाठ्यपुस्तकबाहेक अन्य सन्दर्भ पाठ्य सामग्री खरिद गर्न-गराउन बाध्यात्मक व्यवस्था नगर्न भनिएको छ।
कतिपय संस्थागत विद्यालयले मोडल प्रश्नपत्र बैंकजस्ता पुस्तक विद्यार्थीलाई किन्न बाध्य पारेको गुनासो कार्यालयमा प्राप्त भएपछि यो जानकारी गराइएको हो। परिपत्रमा उप-सचिव डिल्लीराज निरौला हस्ताक्षरकर्ता छन्।








