धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

दुहबी बजार सौन्दर्यकरण तथा सरसफाइ अभियान अन्तर्गत कार्यक्रम गरिएको हो। कार्यक्रमलाई सफल बनाउन दमकल उपलब्ध गराउने दुहबी नगरपालिका, प्रशासकीय अधिकृत सुवर्ण घिमिरे तथा दमकल टोलीप्रति आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

अभियानले भोलि पनि निरन्तरता पाउने आयोजकले जनाएको छ। बिरुवाको गोडमेल तथा मलजलमा सहभागी हुन समय मिल्ने सबै स्थानीयलाई कम्तीमा एक घण्टा श्रमदान गर्न आयोजकले अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia