भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क्षेत्रमा भएको दुर्घटनामा पाइलटसमेत सबै ७ जनाको मृत्यु भएको छ।
रुद्रप्रयाग जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारका अनुसार हेलिकप्टर दुर्घटना गौरीकुण्डको जंगलमाथि भएको हो। खराब मौसमका कारण आर्यन कम्पनीको हेलिकप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टर आइतबार बिहान करिब ५:३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो। खराब मौसमका कारण भिजिबिलिटी (पारदर्शिता) कम भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
मृतकको नामावली
१. राजवीर-पाइलट)
२. विक्रम रावत-बीकेटीसी निवासी रासी उखीमठ
३. विनोद-उत्तर प्रदेश
४. तृष्टि सिंह-उत्तर प्रदेश
५. राजकुमार-गुजरात
५. श्रद्धा(३५)-महाराष्ट्र
७. राशि बालिका(२)-महाराष्ट्र








