इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्यालय, सुनसरीको परिसरमा धर्ना कार्यक्रम गरेको छ।

“पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध” भन्ने नारासहित आयोजना गरिएको धर्नामा जिल्लाभरका पत्रकारको सहभागिता रहेको थियो। शान्तिपूर्ण रूपमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पत्रकारमाथि हुने सामूहिक गिरफ्तारी र दमनले प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकमाथि आघात पुर्‍याएको बताए।

उनीहरूले पत्रकारलाई निशाना बनाउने कार्य तत्काल रोक्न र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारसँग माग गरे।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia