काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसहित ३५ जना सदस्य छन्।

प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको कार्यतालिकाअनुसार भ्रमणको पहिलो दिन आज भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। भोलि मंसिर ७ गते प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य बढाउनेबारे छलफल हुनेछ।

भ्रमणका क्रममा सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गरिने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा सहकार्य विस्तारका लागि विभिन्न समझदारीपत्र (एमओयू) पनि आदानप्रदान गरिनेछ।

प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्। टोली फर्किएपछि परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia