१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, सुनसरीको सहकार्यमा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

“कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता” भन्ने नारासहित आइतबार बिहान इनरुवा-४ स्थित बस स्टेण्डबाट प्रभातफेरी सुरु भई मुख्य बजार परिक्रमा गरेको थियो। प्रभातफेरीमा उद्योग वाणिज्य संघका पदाधिकारी, व्यवसायी, कर कार्यालयका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले “कर: समृद्ध नेपाल, सुखी नेपालीको भर”, “गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रभातफेरीपछि सम्पन्न अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले कर प्रणालीको सुधार, स्वेच्छिक करदातामा वृद्धि, बिल जारी गर्ने र लिने संस्कृतिको विकास तथा राष्ट्र निर्माणमा करको भूमिकाबारे जानकारी गराए। करदातालाई कर सम्बन्धी कानुनी व्यवस्था र प्रक्रियाबारे सचेत गराउँदै सुशासन र समृद्धिका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखियो। कार्यक्रममा अतिथिहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia