प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक भएको छ।

बैठकमा दुवै नेताले नेपाल–भारत सम्बन्धका सबै पक्षमा व्यापक र उपयोगी छलफल गरे। छलफल द्विपक्षीय व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, भौतिक पूर्वाधार तथा सम्पर्क वृद्धि र जनस्तरको सम्बन्ध अझ गहिरो बनाउने विषयमा केन्द्रित रहेको थियो।

दुवै पक्षले पारस्परिक चासोका प्रमुख क्षेत्रबारे विचार आदानप्रदान गर्दै नेपाल र भारतबीचको चिरकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।











