सुनसरी – बर्जु गाउँपालिका–२ केशलिया खोलास्थित विराटनगर–देवानगन्ज सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा प्रहरीले अवैध रूपमा ल्याइएको १,५२० किलोग्राम (३८ बोरा) तरबुजाको बीउ नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय दुहवी, सितागंज र ट्राफिक प्रहरी पोष्ट दुहवीको संयुक्त टोलीले २०८३।०६।१९ गते साँझ बरामद गरेको बीउको अन्दाजी मूल्य रु १५ लाख २० हजार रहेको छ। आवश्यक कारबाहीका लागि सामान सुनसरी भन्सार कार्यालय, सेतुबन्धमा पठाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia