इटहरी — युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजित मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले आन्तरिक श्रम बजारको मागअनुसार सीप विकास गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने तहमा पुर्‍याउनुपर्ने बताउनुभयो। बजारको माग र दक्ष जनशक्तिबीच तालमेल नहुँदा एकातिर नेपाली युवा विदेशिनुपरेको र अर्कोतिर स्वदेशी उद्योगले विदेशी श्रमिक ल्याउनुपरेको उहाँको भनाइ थियो।

मेलामा युवाको सीप पहिचान, रोजगारदातासँग प्रत्यक्ष समन्वय तथा उद्यमशीलतासम्बन्धी प्यानल छलफल सञ्चालन हुनेछ। असोज २० गतेसम्म चल्ने मेलाअन्तर्गत भोलिदेखि १० विभिन्न विधामा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia