सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। झडपमा परी स्थानीय २४ वर्षीय निरज कुमार यादवको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५:२५ बजे भएको झडपमा घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र सोही वडाका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको बताइएको छ।
यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा गोली प्रहारबाट एक जनाको मृत्यु भएको तथा घाइते भएको भन्दै भ्रमपूर्ण विवरण सार्वजनिक भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको वास्तविक विवरण बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia