इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो।
भायानेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालक अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने छ। चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्।

श्रेष्ठका अनुसार, खेलकुदमा भायानेटको लगानी ‘व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारी’ हो। कम्पनीले यसअघि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर गर्दै चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो। भायानेटले चितवन राइनोजसँगको सहकार्यले खेलाडी, दर्शक र देशभरका खेलप्रेमीलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरेको छ।








