युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी दिएको छ। मंगलबार मन्त्रालयले उनलाई जिम्मेवारी प्रदान गरेको हो। यसअघि सदस्य–सचिव रहेका टंकलाल घिसिङको कार्यकाल मंसिर १२ गते सकिएपछि कामकाजका लागि मेहतालाई जिम्मेवारी दिइएको हो।

मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ कि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) अनुसार अर्को व्यवस्था नभएसम्म मेहताले सदस्य–सचिवको रुपमा काम गर्नेछन् र तलव पनि त्यही निकायबाट भुक्तान हुनेछ।

यसैबीच मन्त्रालयले नयाँ सदस्य–सचिव नियुक्तिका लागि सिफारिस समिति यसै साता गठन गर्ने तयारी गरेको छ। समितिले दरखास्त आह्वान गरी नयाँ सदस्य–सचिव छनोट प्रक्रिया अघि बढाउनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia