सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। सामाजिक विषयको परीक्षा चलिरहेकै क्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा घटना सार्वजनिक भएको हो।

अनुगमनका क्रममा सलमा अजहरको सट्टा परीक्षा दिँदै गरेकी २० वर्षीया नुसरत बानो फेला परेकी हुन्। उनी सोही क्षेत्रस्थित जमिआ इस्लामिया विद्यालयसँग सम्बन्धित रहेको खुलेको छ।

घटनापछि प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नुसरत बानोलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia