खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेको छ । यो संख्या भनेको सौर्यमण्डलमा अन्य ग्रहहरूसँग भएको भएको उपग्रहको दोब्बर संख्या हो ।

अर्थात् शनि ग्रह उपग्रहहरूको राजा बनेको छ । यसअघि बृहस्पतिका सबैभन्दा धेरै उपग्रहहरू थिए । क्यानडा फ्रान्स हवाई दूरबिन प्रयोग गरेर खगोलविद्हरूले यसअघि नै शनिका ६२ वटा उपग्रह पहिचान गरेका थिए । ‘पक्कै हो, हामीले १२८ नयाँ उपग्रह फेला पारेका छौँ ।’ प्रमुख अनुसन्धाता तथा ताइवानको एकेडेमिया सिन्सियामा इन्स्टिच्युट फर एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्सका पोस्ट डक्टोरल फेलो डा. एडवार्ड एस्टोनले भने ।

उपग्रहको संख्यामा बृहस्पतिले अब शनिलाई उछिन्छ भन्ने आफूले नसोचेको पनि उनले बताए । २०२४ फेब्रुअरी ५ सम्म बृहस्पतिलाई परिक्रमा गर्ने उपग्रहको संख्या ९५ थिए । शनिलाई परिक्रमा गर्नेको संख्या यही हप्ता इन्टरनेसनल एस्ट्रोनोमिक युनियनले औपचारिक रूपमा पुष्टि गरेको हो ।

शनिलाई घुम्ने १२८ वटै नयाँ उपग्रह ‘अनियमित चन्द्रमा’ भएको र आलुको आकारमा यी वस्तुहरू केही किमीको दूरीमा भएको बताइएको छ । ग्रहलाई घुम्ने वस्तुको संख्यामा भइरहेको यो वृद्धिले भविष्यमा केलाई उपग्रह मान्ने भनेर बहस र विवाद चर्काउने निश्चित प्रायः छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia