सुनसरीको कोशी गाउँपालिका–०२ स्थित क्षेत्रमा लागू औषध कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सो स्थानमा चेकजाँच गरेको थियो।
असोज २२ गते राति करिब २३:१५ बजे चेकजाँचका क्रममा बराहक्षेत्र नगरपालिका–१०, प्रकासपुरका २६ वर्षीय सरोज विश्वकर्मा र कोशी गाउँपालिका–०२ का २१ वर्षीय सनम माझीलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको थियो।
तलासी गर्दा सनम माझीको रातो रङको हाते झोलामा Tramol-50 लेखिएको २४०० पिस ट्याबलेट, NITZASCEN-10 लेखिएको १०० पिस ट्याबलेट गरी जम्मा २५०० पिस ट्याबलेट तथा LABORATE लेखिएको १ बोतल झोल लागू औषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ।