सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको कुखुराजन्य खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २०८३ असोज २ गते राति १०:३० बजे मन्सुरी टोलस्थितबाट वेवारिसे अवस्थामा उक्त सामग्री बरामद गरेको हो।
बरामद गरिएका सामग्रीहरू जिल्ला पशु स्वास्थ्य कार्यालय सुनसरी, इनरुवामा लगेर नष्ट गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री:
Chicken Seekh Kebab — ४७१ प्याकेट
Chicken Burger Patty — ४०३ प्याकेट
Chicken Nuggets — २०६ प्याकेट
Chicken Finger — ५५४ प्याकेट
Chicken Meatball — ५२४ प्याकेट

गरी जम्मा २ हजार १५८ प्याकेट कुखुराजन्य सामग्री रहेका छन्।
प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य रु. १० लाख रहेको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia