इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकलको चेकजाँच गर्दा दुई व्यक्तिको साथबाट ठूलो परिमाणमा श्रोत नखुलेको नगद रकम बरामद गरेको छ।
प्रहरीले को. नं. २१ प. १४९५ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा मोटरसाइकल चालक जिल्ला सप्तरीको तिलाठी कोईलारी गाउँपालिका वडा नं. ०५ बस्ने ५८ वर्षीय राम लखन यादवको साथबाट नेपाली रुपैयाँ ५,०१,५०५।– र भारतीय रुपैयाँ ५,३५०।– बरामद भएको छ।

त्यसैगरी मोटरसाइकलमा पछाडि सवार भारतको सुपौल जिल्ला छिटही हनुमाननगर ग्राम पञ्चायत वडा नं. १५ बस्ने ६५ वर्षीय प्रभु मुखियाको साथबाट नेपाली रुपैयाँ १,४७,२०५।– र भारतीय रुपैयाँ ७,६००।– बरामद भएको प्रहरीले जनाएको छ।

दुवैको साथबाट जम्मा नेपाली रुपैयाँ ६,४८,७१०।– र भारतीय रुपैयाँ १२,९५०।– बरामद भएको छ।
प्रहरीले दुवै व्यक्तिलाई उक्त नगद रकम तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेको छ। हाल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia