सुनसरीको कोशी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह बाहिनी मुख्यालय सुनसरी, सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयुक्त आयोजना तथा कोसी गाउँपालिकाको समन्वय र नोबेल मेडिकल कलेजको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरमा उक्त क्षेत्रका ५ सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । शिबिरमा कतिपय बिरामीलाई निःशुल्क औषधी समेत बितरण गरिएको छ।









