Girl

मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ । अर्थात् एक मिनेटको २२ पटक ।

दिनमा १२ हजार पटक हाछ्युँ आउने भन्ने कुरा चानचुने होइन । कति दुख्दो हो छाति, नाक अनि पेट ।

उनको यो समस्याको उपचारका लागि परिवारजनले धेरै डाक्टर तथा अस्पतालमा पूराए । तर अहिलेसम्म त्यो समस्याको कारण पत्ता लागेको छैन ।

क्याटलिनका अनुसार ३ महिना अघिबाट यो समस्या सुरु भएको रहेछ । ३ महिना पहिले कक्षामा पढ्दै गर्दा उनलाई अचानक हाछ्युँ आउन सुरु भएको थियो । सुरुमा त एलर्जीका कारण यस्तो भएको हो की भन्ने लागेछ, तर होइन रहेछ । त्यसपछि लगातार उनी हाछ्युँ बाट पीडित छिन् । ।

क्याटलिनका अनुसार लगातारको हाछ्युँका कारण उनको पेट दुखिरहन्छ । खुट्टा पनि फतक्कै गल्छन् । खाना पनि राम्ररी खान पाउँदिनन् ।

क्याटलिनका बुवा आमालाई आफ्नै आँखा अगाडि छोरीले त्यस्तो दुख पाइरहेको देख्दा निकै चित्त दुख्छ । तर जति डाक्टरकोमा लगेपनि रोगको कारण तथा उपचार पत्ता नलागेपछि उनीहरु लाचार बनेर पीडा हेर्न बाध्य छन् ।

दिनरात आउने हाछ्युँका कारण क्याटलिन राम्रोसँग सुत्न पनि पाउँदिनन् । निदाउने औषधि खाएपछि र मधुर संगित सुनेपछि मात्र उनलाई निद्रा लाग्छ र केहीबेर सुत्छिन् ।

आफुले सपनामा पनि हाछ्युँ आएकै देख्ने गरेको उनको दुखेसो छ ।अनलाईन खबर

भिडियोको लागि यहा क्लिक गर्नुस्:

https://youtu.be/5IZ_CB6jVBE

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia