- अमर काफ्ले

इनरुवा। जनता समाजवादी पार्टी नेपालले इनरुवाको मेयरको टुङ्गो लगाएको छ ।इनरुवा नगर कार्य समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी मेयरका रुपमा पार्टीको तर्फबाट दिलीपचन साहुलाई उम्मेदवारका रुपमा अघि सारिएको जनाएको छ । जसपा इनरुवा नगर कार्य समितिका अध्यक्ष गुलाब शर्माले पत्रकार सम्मेलनका बिच साहुलाई मेयर पदको उम्मेदवारका रुपमा चयन गरिएको जानकारी गराएका हुन ।

नगर अध्यक्ष शर्माले चैत्र १२ गते जिल्ला पार्टी कार्यालयमा बसेको नगर समितिको बैठकले साहुलाई इनरुवा नगरपालिकाको मेयर पदको उम्मेदवारका रुपमा सर्वसम्मत चयन गरेको बताए ।पत्रकार सम्मेलनमा बोल्दै शर्माले इनरुवाले नेतृत्व परिवर्तनको खाँचो महसुस गरेकाले आफ्नो पार्टीका उम्मेदवार साहु निर्वाचित हुनेमा विश्वस्त रहेको बताए । पत्रकार सम्मेलनमा जसपाका तर्फबाट मेयरका उम्मेदवार रुपमा अघि सारिएका साहुले आफ्नो उम्मेद्वारी इनरुवाको समग्र विकास र परिवर्तनकोलागि रहेको बताए । उनले स्वास्थ्य, शिक्षा सहित नगर बिकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । साहुले इनरुवामा अबको नेतृव्य नयाँ र एमाले, काँग्रेस बाहेकको हुने समेत बताए । उनले हालका मेयरले नगरको सवालमा कुनैपनि लछारपाटो लगाउन नसकेकाले समेत नगरवासीले आफ्नो एजेण्डामा साथ दिनेमा ढुक्क रहेको बताए । पत्रकार सम्मेलनमा साहुले मेयर राजन मेहतालाई भ्रष्टाचारी नेताका संज्ञा दिए । साहुले आफुहरुको लागि पार्टी केन्द्रिय कमिटीको निर्णय भने मान्य हुने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia