भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा नव निर्मित भवन समुद्घाटन गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ चिराैलीको नव निर्मित चारकोठे पक्की भवनको समुद्घाटन गरिएको हाे ।
विहिवार विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच समुद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए । उहाँका अनुसार भाेक्राहा नरसिंह वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादकाे प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको समुद्घाटन भएको हो।
कार्यक्रमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी, भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, नेपाली काग्रेंस भाेक्राहा नरसिंह गाउँ कमिटी सभापति युवराज दाहाल, जसपा नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र प्रसाद यादव, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडा अध्यक्ष हारुण अन्सारी, चीराैली चाैकीका प्रमुख सन्तोष राणा मगर, स्थानीय युवा नेता पंकज यादव लगायत विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिकाहरुका साथथ विद्यार्थिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।