विराटनगर। विराटनगर बिमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका जम्मा ८,१०० अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ७ बजे यती एयरलाईन्सको फ्लाइटबाट विराटनगर देखि काठमाण्डौ जान लागेका सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो ।

पक्राउ परेका अन्सारीले आवश्यक प्रमाण माग गर्दा उपलब्ध गराउन नसकेको हुँदा आज बरामद गरिएको डलर सहित अन्सारीलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia