भोक्राहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । माध्यमिक शिक्षा परीक्षा एसइईमा सुनसरीबाट १३ हजार ५७३ जना विद्यार्थी सहभागी हुँदै छन् । सुनसरीमा एसइई परीक्षाका लागि ५० वटा परीक्षा केन्द्र तोकिएका छन् ।
इकाई प्रमुख खगेन्द्र सुवेदीका अनुसार ५० वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी सहित १ हजार दुई सय जनशक्ति परिचालन भएको छ ।
जस अनुरुप भोक्राहा नरसिंह ४ चिरौलीमा रहेको पृथ्वीनारायण मा. वि. परीक्षा केन्द्रमा ५ वटा विद्यालयको परीक्षा केन्द्र राखिएको छ । जसमध्ये श्री शारदा माध्यमिक विद्यालय भोक्राहा नरसिंह १ ढोकका ८८ जना, जामिया इस्लामीयाका २६ जना, जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ७ का ४२ जना, जनता माध्यमिक विद्यालय शिवगन्जका ४२ जना र मदरसतुल उल्लुम ५ का ९ जना विद्यार्थिको सहभागीता रहेको केन्द्राध्यक्ष निर कुमार कटुवालले जानकारी दिनु भएको छ ।
उहाका अनुसार नियमित तर्फ छात्रा १११ छात्र ७७ गरि जम्मा १८८ जना परिक्षा दिदै गरेको बताउनु भयो भने अनुपस्थित १ जना छात्र रहेको छ। ग्रेड वृद्धि तर्फ छात्रा ४ जना, छात्र २ जना गरि जम्मा ६ जना रहेका छन । भोक्राहा नरसिंह ४ चिरौलीको पृथ्वीनारायण मा. वि. परीक्षा केन्द्रमा आज जम्मा १९४ जना परीक्षार्थीको उपस्थित रहेको थियो।