इनरुवा। सुनसरी जिल्लाको भोक्राह नर्सिङ गाउँपालिकामा “एचआईभी एड्स सम्बन्धि भेदभाव अन्त्यकालागि अभिमुखिकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का छात्र-छात्राहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा भोक्राहा नर्सिङ गाउँपालिका स्वास्थ शाखा प्रमुख हिरा साह,स्वास्थ निर्देशनालयका कार्यक्रम संयोजक अनिल प्रधान, प्रधानध्यापक एवंम विधालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको पस्थिति रहेको थियो । कार्यक्रममा सहभागिता जनाएका धेरै छात्र-छात्राले एचआईभी एड्सका बारेमा नयाँ जानकारी प्राप्त गरेको र यस बिषयमा खुलेर कुरा गर्न सिकेको बताएका छन्।
कार्यक्रमको सहजिकरण डा. रंजित सिंह मेहताले गरेका थिए। कार्यक्रमको उद्देश्य एचआईभी एड्सको बारेमा जनचेतना फैलाउने र भेदभावको अन्त्य गर्ने रहेको छ। यसले युवा पीढीलाई सकारात्मक सोचमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले न केवल छात्र-छात्राहरुमा जागरूकता फैलाएको छ, तर समुदायमा एचआईभी एड्सका विषयमा भेदभाव कम गर्न ठोस कदम चाल्नका लागि पनि प्रेरणा दिएको छ।








