इनरुवा। आइतबार राति हरिनगर गाउँपालिका ६ घुस्कीमा एक किशोरीको गोली हानी हत्या भएको छ।

प्रहरीका अनुसार आफ्नै भिनाजुले करिब १ बजे राति टाउकोमा गोली हानी हत्या गरेका हुन्। गोली हानी हत्या गरिएकि १८ वर्षीया अर्सी खातुन हुन्।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत १६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्। घटनापछि मिया फरार भएका छन् ।

घटनास्थलमा एउटा गोलीको खोका फेला परेको छ। खोजतलास कार्य तिब्र रुपमा भै रहेको प्रहरीले जनाएको छ भने सिमानाकामा कडा निगरानीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia