इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबास घाटमा नुहाउन गएको एक बालक डुबेर वेपत्ता भएको छ ।

जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ घर भएका १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार नुहाउने क्रममा वेपत्ता भएको हो। बेपत्ता भएको बालकका बुबा रामबिलास मेहताका अनुसर साथीहरू संग नुहाउन गएको बेला छोरा बेपत्ता भएको हो।

उनका अनुसार दिपेश साथीहरूसँग राजाबास घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा कोशीको पुर्बी तटबन्ध किनारमा पानीमा डुबेर बेपत्ता भएका हुन। घटना भएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले खोजी कार्य सुरु गरि सकेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia