सुनसरी। सुनसरीका एक युवकले प्रहरीको सादा पोशाकमा धाक धम्की दिई रकम असुल गर्ने प्रयास गरेको घटनामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ३० वर्षीय पवन मेहेता पक्राउ परेका हुन्, जो इनरुवा नगरपालिका वडा नं.-०९ का बसोबास गर्ने हुन्।

गत केही दिनदेखि सो व्यक्तिले विभिन्न व्यक्तिहरूलाई प्रहरी भन्दै धम्की दिएर रकम असुल गर्न थालेका भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। मिति २०८२।०४।०८ गते राति ७ बजे, अस्थायी प्रहरी पोष्ट पोखरीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले पवन मेहेतालाई जिल्ला सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.-०५ स्थित चप्राहा भन्ने स्थानबाट पक्राउ गरेको थियो। चेकजाँच गर्दा उनीसँग को १५ प ८८७ नम्बरको मोसा पनि फेला परेको थियो।

प्रहरीका अनुसार, पवनले विभिन्न व्यक्तिहरूलाई सादा पोशाकमा देखी आफूलाई प्रहरीको व्यक्तिको रुपमा प्रस्तुत गर्दै धाक धम्की दिएर रकम असुल गर्न थालेका थिए। प्रहरीले पवनको विरुद्धमा थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia