सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा प्रहरीले २१७ केजी गाँजा बरामद गरेको छ।

फागुन २७ गते राति करिब ११:१० बजे गौतमपुरबाट हरिनगर तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालक नरोकी फरार भएको प्रहरीले जनाएको छ।

पछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त टोलीले पछ्याउँदा वडा कार्यालय नजिक सवारी छाडी चालक फरार भएको थियो।

सवारी जाँच गर्दा रातो त्रिपालले ढाकेको अवस्थामा ८ वटा प्लास्टिक बोरामा करिब २१७ केजी गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र सवारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको तथा फरार चालकको खोजी जारी रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia