बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नदीमा उत्तरबाट दक्षिणतर्फ बगाउँदै ल्याइएको बाँसको झाक नियन्त्रणमा लिई चेकजाँच गर्दा झाकको मुनिको भागमा लुकाइ-छिपाइ राखिएका ९ वटा प्लास्टिकको बोरामा २२५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पार्‍यो।

सोही क्रममा झाक बगाउँदै ल्याउने जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.-०६ बस्ने २० वर्षीय बिशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठलाई उक्त लागु औषध तथा भंगालोको किनारमा लुकाइ राखेको को. ३० प. ९४७५ नम्बरको मोटरसाइकलसमेत बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia