srk-new-avatar-in-fan

झट्ट हेर्दा तपाइलाई पत्यार नलाग्न सक्छ, आखिर यो टिजरको अन्तिममा देखिएका पात्र बलिउड नायक साहरुख खान नै हुन् भनेर । तर, तपाइलाई पत्याउ नै कर लाग्छ ।

यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा साहरुख खानलाई यस्तो नयाँ अवतारमा देखाइएको छ । स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो ।

चलचित्रमा साहरुखको फ्यानको रुपमा ‘गौरव’ नामका एक पात्रलाई देखाइएको छ । तर, रेड चिल्लीको भीएफएक्सले साहरुखलाई नयाँ लुक्स दिएको छ । साहरुखले यो चलचित्रको भीएफएक्स विश्वमै पहिलो भएको र हलिउडमा पनि नगरिएको बताएका छन् ।

सन् २०१६ को अपि्रल १५ मा प्रदर्शनमा आउन लागेको यो चलचित्रको पहिलो टिजरमा स्टार साहरुखलाई देखाइएको थियो भने दोश्रो टिजरमा फ्यान ‘गौरव’लाई देखाइएको छ ।

मसला चलचित्र खेल्न थालेको आरोप लागिरहेको समयमा साहरुखको यो नयाँ अवतार आएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia