२५ भाद्र, सुवास संकल्प ईटहरी। यहि भदौ ३० बाट प्रदर्शनमा आउन लागेको फिल्म जोनी जेण्टलमेनको प्रचार प्रसार तिब्र गतिमा भई रहेको छ l यहि क्रममा फिल्मको मुख्य कलाकार पल साह, नायिका आचल शर्मा र निर्माता एण्ड्रिउ पौडेल आज आईतबार पुर्वको ईटहरी आएका थिए l
पत्रकार भेटघाटमा फिल्मबारे जानकारी गराउदै आम दर्शकलाई आफ्नो फिल्म हेरिदिनहुन र नेपालि फिल्मलाई माया गर्दिनहुन निर्माता पौडेलले आग्रह गरेका छन् l
फिल्मलाई नितिन चन्दले निर्देशन गरेका छन् l लभ स्टोरी समाबेश फिल्ममा पल र आचलको जोडीलाई मुख्य भूमिकामा देख्न सकिने छ l पलले यो भन्दा अगाडि “म यस्तो गीत गाउछु” मा पुजा शर्मा संग रोमान्स गरेका थिए भने अहिले आचल शर्मा, कतै उनलाई “शर्मा लक” लागेको त लागेको हैन ? आचल र पलले फिल्म लाईनमा “नाई न भन्नु ल-४” चलचित्र बाट एकसाथ डेब्यु गरेका हुन् l
हेर्नुस “जोनी जेण्टलमेन” बारे पल आचल र निर्माता संग गरिएको कुराकानी :

तपाईको प्रतिक्रिया

trusted online casino malaysia