२ असोज, सुवास संकल्प ईटहरी। यहि असोज ११ बाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा २ को यतिखेर भने बृहत् प्रचार प्रसारको कार्य भैइ रहेको छ । नेपाली सिने नगरिमा गत बर्ष रेकर्ड ब्रेक गरेको फिल्म छक्का पन्जा को नाम सापटी लिईएको छ । तर फिल्म छक्का पन्जा को सिक्येल नरहेको निर्माता तथा कलाकार दिपक राज गिरि बताउछन ।
आफू संग जुध्न आउने फिल्म मङलमलाई पनि छक्का पन्जा २ टीमले सहमतिमै पर सार्दिएको छ । फिल्मले कपिराईटमा त प्रदर्शन अगाबै रेकर्ड राख्यो अब के के मा रेकर्ड राख्ला ? भन्ने प्रश्नमा “हामी रेकर्डको लागि फिल्म बनाउदैनौ, मनमा बस्नको लागि काम गर्छौ” दीपक बताउछन । फिल्मको यसअघि नै ट्रेलर र गीत सार्बजनिक भैइ चर्चा पाई सकेको छ । अब फिल्मले कस्तो व्यापार गर्छ त्यो भने असोज ११ लाई पर्खिनु पर्ने हुन्छ । हेर्नुस छका पन्जा २ फिल्मका निर्देशक दीपा श्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरि, नायिका प्रीयन्का कार्की, बर्षा राउत, हास्यकलाकार जितु नेपाल र डेब्यु नायक स्वरुप पुरुष ढकाल संगको कुराकानी









