९ पौष, इटहरी । सुलेमान शंकर ‘ईकु’ को  ‘सानी सानी’ नानी भिडियो सार्वजनिक भएको छ। सुलेमान शंकर अर्थात ‘ईकु’ले निर्माण तथा अभिनय गरेको फिल्म ‘फिर्के’ को रोमान्टिक गीत‘सानी सानी’ सार्वजनिक भएको छ ।

पुष २१ गते प्रदर्शनमा आउँने फिल्म ‘फिर्के’ मा समावेश गरिएको ‘सानी सानी’ बोलको गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको छ । रामशरण नेपालीको शब्दको गीतमा गायक विश्वले नै संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका कलाकार सुलेमान शंकर ‘ईकु’ र नव–नायिका क्रिष्टिना पौडेल फिचरिङमा रहेका छन् । यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलर र लोक लयको ‘चट्टै’ बोलको गीत चर्चा पाईसकेका छन् ।

‘फिर्के’ मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतको अभिनय रहेको छ । फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’ को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia