काठमाडौं। पछिल्लो समय निकै चर्चामा रहेको अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ को ट्रेलर रिलिज भएको छ । छायांकनका बेला देखि नै ‘सूर्यवंशी’बारे निकै चर्चा हुँदै आएको छ । रोहित शेट्टीद्वारा निर्देशित यो फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो । भव्य शैलीमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

‘सूर्यवंशी’मा रणवीर सिंह र अजय देवगन पनि देखिने छन् । यी दुवै आफ्नो पुरानो फिल्मको रोलमै आउनेछन् । रणवीर सिंह आफ्नो फिल्म ‘सिम्बा’ कै भूमिकामा हुनेछन् भने अजय देवगन पनि आफ्नो सुपरहिट फिल्म ‘सिंघम’ कै रोलमा हुनेछन् । फिल्मको मुख्य भूमिकामा भने कैफ र कुमारसहित ज्याकी श्राफ, गुलशन ग्रोवर र सिकन्दर खेर देखिने छन् । फिल्म २४ मार्चमा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia