काठमाडौं । कोरोना भाइरसले निराश भएका नेपालीलाई उत्प्रेरणा दिने दावीसहित गायक सविन भट्टराई र बिमल गौतमले गीत ल्याएका छन् । उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ को भिडियो सार्वजनिक भएको हो । सविन भट्टराईकै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको भिडियो सिङ्गर झुमा निरौला नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको बताइएको छ ।

सविनले यस भन्दा अगाडि आफ्नै शब्द र स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि चर्चा पाएको थियो । सो गीत गत चुनाव नजिकै रिलिज भएको र बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको उनको भनाइ छ । तर यस पटक भने आलोचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेको गायक भट्टराईले बताए ।

आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’ लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । गीतको भाव जीवन उपयागी, उत्प्रेरणा तथा उर्जाशील रहेको दावी गरिएको छ । यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड –१९) ले निराश भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत उनको दावी छ ।

एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा तयार गरिएको यस भिडियोको भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी, निर्देशन नारायण तिमल्सिना गोर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रालिले प्रोडक्सन गरेको हो ।
https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0

https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia