नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को प्रतिस्पर्धामा छिन्। मेनुकाको प्रस्तुतिले लगातार जज र अडियन्सको मन जितिरहेको छ। यसैबीच एनिमलको प्रमोसनमा इन्डियन आइडलमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले मेनुकाको पाउ छोएका छन्।

मेनुकाले स्टेजमा ‘अगर तुम साथ हो’ गीत गाएकी थिइन्।रणवीरसँगै रश्मिका मन्डाना पनि पुगेकी थिइन्। मेनुकाको स्वर सुनेर रणवीर निकै भावुक बने। र, स्टेजमा आएर उनले मेनुकाको तारिफ गर्दै खुट्टा समाएका हुन्। मेनुकाले पनि धन्यावाद भनिन्।

स्टेजमा पुगेर रणवीरले भने, ‘मेनुकाजी मेरो नाम रणवीर कपुर हो। म तपाई‌सँग आशीर्वाद लिन चाहन्छु। जब श्रेयाजीले कुनै मञ्चमा पहिलोपटक गीत गाएकी थिइन्। त्यतिबेला उनलाई देवी भनिन्थ्यो। अहिले हाम्रासामु देवी नम्बर २ अगाडि अभिएकी छन्।’मेनुकाले मञ्चमा गाएको ‘अगर तुम साथ हो’ गीत रणवीर र दीपिका पादुकोण अभिनित फिल्म ‘तमासा’ मा समावेश छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia