२५ साउन। हाल सामाजिक सञ्जालमा कटरीना कैफ र सिद्धार्थ अभिनीत फिल्म ‘बार बार देखो’ को गीत ‘काला चश्मा’ मा सन्नी देओल र बाबा रामदेवको डान्स भाइरल भइरहेको छ । यसअसघ यसै गीतमा सन्नी देओललाई लिएर भिडियो बनाइएको थियो ।
त्यसपछि बाबा रामदेवले व्यायम गरेका दृश्यहरुलाई लिएर ‘काला चश्मा’ गीत बनाइएको छ । यस भिडियोलाई पनि कसैले बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । यस गीतलाई हास्यव्यंगका रुपमा प्रस्तुत गरिएको छ ।
ओरिजिनल गीतमा भने सिद्धार्थ र कटरीना रहेका छन् । यो गीत हिट समेत भएको छ । यसैलाई आधार मानेर धेरै व्यक्तिहरुले भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् । ‘बार बार देख्यो’ फिल्म भने यही सालको सेप्टेम्बर ९ मा रिलिज हुँदैछ ।
यो फिल्म करन जोहर र फरहान अख्तरको प्रोडक्सन हाउसले मिलेर बनाएको हो । यस फिल्ममार्फत नयाँ निर्देशक नित्या मेहराले बलिउडमा इन्ट्री गरेकी छिन् । नित्याले यस अघि फरहानको फिल्म ‘डन’ बाट सह निर्देशकको रुपमा काम गरिसकेकी छिन् ।









