२७ असोज । भारतीय कमेडियन कपिल शर्माका आगामी फिल्म ‘फिरङ्गी’को पोष्टर रिलिज भएको छ । फरक तरिकाले रिलिज गरिएको पोष्टरमा केवल ‘फिरङ्गी’ शब्द मात्रै लेखिएको छ । कपिल शर्माको टिमले पोष्टलाई फरक रुपले सार्वजनिक गएिको हो । फिल्मको पोष्टर युटूबमार्फत सार्वजनिक गरिएको हो ।
उक्त भिडियोमा कपिल शर्मा प्रहरीको भूमिकामा देखिएका छन् । प्रहरीको पोशाक लगाएका कपिलले एक ब्यक्तिलाई लात्त हानेका छन् जुन दृश्य निकै रमाईलो लाग्छ । कमेडि वेशमा बनेको फिल्मले अङग्रेजहरुले भारतमा शाषन गर्दाको अवस्थालाई प्रस्तुत गर्ने बताइन्छ् ।
यो फिल्ममा कपिल आफैले लगानी गरेका हुन् । कपिलको साथमा अभिनेत्री ईशा गुप्ताले अभियन गरेकी छिन् । कपिल शर्माको यो दोस्रो फिल्म हो । ‘किस किसको प्यार करुँ’ फिल्म हिट भएपछि कपिलले आफ्नै लगानीमा ‘फिरङ्गी’ निर्माण गरेका हुन् । फिल्म आगामी नोभेम्बरमा रिलिज हुँदैछ ।









