trusted online casino malaysia
trusted online casino malaysia

बलिउड गायक मिका सिंह केही समयदेखि बिरामी छन्। उनले घाँटीमा भएको इन्फेक्सनका कारण थुप्रै सांगीतिक कन्सर्ट रद्द गरेका छन्। एकाएक स्वास्थ्यमा आएको समस्याका कारण कन्सर्ट स्थगन गर्नुपर्दा १५ करोड घाटा भएको गायक सिंहले बताएका छन्।उनी सांगीतिक टुरमा विश्व भ्रमण गरिरहेका थिए। धेरै सांगीतिक प्रस्तुति दिएर घाँटीले आराम नपाएपछि समस्या आएको सिंहले बताएका छन्। गीत गाउँदा गाउँदै मिकाको आवाज रोकिएको थियो।

हिन्दुस्तान टाइम्ससँगको कुराकानी गर्दै उनले भनेका छन्, ‘मेरो २४ वर्षको करियरमा यस्तो समस्या पहिलोपटक देखापरेको हो। मैले मेरो शोहरू स्थगित गर्नुपर्‍यो। किनकि मलाई ठीक छैन। म सधैँ आफ्नो स्वास्थ्यप्रति धेरै सचेत छु। तर विगतमा मैले अमेरिकामा ब्याक टु ब्याक शोहरू गरेँ। पटक्कै आराम गरिनँ। फलस्वरूप मेरो स्वास्थ्य बिग्रन थाल्यो।’

अमेरिकाको डलासमा कार्यक्रम गर्दागर्दै मिकाको स्वास्थ्य बिग्रियो। डाक्टरले उनलाई अर्को शोका लागि २५ घण्टा अस्ट्रेलिया नजान सुझाव दिएका छन्। निको नभएसम्म उनी भारत आउन पाउने छैनन्। यसै कारणले आफू भारत फर्कन नसक्ने मिकाले बताए।मिकाले शो स्थगन भएपछि १५ करोडको नोक्सानी बेहोरेको बताए। उनले भने, ‘मैले धेरैको पैसा फिर्ता गर्नुपरेको छ। हामीले ब्याक टु ब्याक शोहरू गरेका थियौँ, तर म खुसी छु कि सबैले मलाई समर्थन गरे र फ्यानहरूले पनि मेरो समस्या बुझे।’

मिकाले आफ्नो स्वास्थ्य पहिलेभन्दा निकै राम्रो हुँदै गएको पनि बताएका छन्।‘यसै साता काम र रेकर्डिङ सुरु गर्ने योजनामा छु। मसँग केही रेकर्डिङ परियोजनाहरू छन्, जसका माध्यमबाट म मेरो घाटाको पूर्ति गर्नेछु। त्यसपछि बाली, सिंगापुर, मलेसिया, जकार्तालगायत ठाउँमा पनि प्रस्तुति दिनेछु’, मिकाले सुनाए।

यी सबै स्थानमा पहिला नै सांगीतिक कन्सर्टको पक्का गरिएको थियो। अब भने अर्को वर्षको जनवरी वा फेब्रुअरीमा मात्रै धेरैजसो स्थानका शो हुने भएका छन्। यो घटनाबाट एकैपटक यति धेरै शो गर्ने निर्णय कहिल्यै नगर्ने पाठ सिकेको मिकाले बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia